काठमाडौं। काठमाडौंको बौद्धमा बिहीबार गोली हानेर प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ। गोली लागेर एक जना घाइते भएका छन् । उपत्यका उपराध अनुसन्धान कार्यालयले लुटेरा माथि गोलि चलाएको महाशाखा प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरले बताए।
बिहीबार दिउँसो गोलि लागेर घाइते भएका ती व्यक्तिलाई नेपाल मेडिकल कलेज अतरखेल लगिएको छ। उनको परिचय खुलिसकेको छैन ।