विनोद चौधरी भारतबाहेक दक्षिण एशियाका एक्ला अर्बपति

काठमााडौं । विश्वभरीका धनीहरुको बारेमा सूची प्रकाशन गर्ने फोब्स पत्रिकाले गए राती सार्वजनिक सूचीअनुसार दक्षिण एशियामा भारत बाहेकका अर्बपति नेपालका विनोद चौधरी मात्र रहेका छन् । दक्षिण एशियाका देशहरुमध्ये डलर अर्बपति रहेका देशमा भारत र नेपाल मात्र परेका हुन ।

दक्षिण एशियाका अन्य मुलुकहरु श्रीलंका, भुटान, पाकिस्तान, बंगलादेश, माल्दिभ्स र अफगानिस्तानका कुनै पनि व्यवसायी अर्बपतिको सूचीमा परेका छैनन् । नेपालका एकमात्र डलर अर्बपति चौधरीको सम्पत्तीमा पनि वृद्धि भएको छ । फोब्सकाअनुसार उनको सम्पत्ती गत वर्ष १ दशमलव ४ अर्ब डलर रहेकोमा यो वर्ष १० करोड डलरले वृद्धि भई १ दशमलव ५ अर्ब डलर पुगेको छ । व्यवसायी चौधरी फोब्सको सूचीमा १ हजार ९२९ नम्वरमा छन् ।
उक्त सूची अनुसार दक्षिण एशियाको अर्को मुलुक भारत विश्वका धेरै अर्बपति रहेको मुलुकहरुमध्ये तेस्रो भएको छ । भारतमा १६६ जना अर्बपति रहेका छन् भने चीनमा ५३९ जना अर्बपति रहेका छन् । सूचीको सबैभन्दामाथि रहेको अमेरिकामा अर्बपतिहरुको संख्या ७३५ रहेको छ ।

२९० दशमलव ३ अर्ब डलर सम्पत्ती रहेका एलन मस्क यस वर्ष पनि विश्वको सर्वाधिक धनी व्यक्तिको सूचीमा रहेका छन् । यस्तै दोस्रो धनी जेफ बेसोजको सम्पत्ती १८९ दशमलव ८ रहेको छ भने बर्नाड अर्नल र बिल गेट्स क्रमशः तेस्रो र चौथो धनी रहेका छन् । भारतका गौतम अदानी नवौं र मुकेश अम्बानी १० औंं नम्वरमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us