वीरगन्ज। सशस्त्र प्रहरी बल १३ नम्बर गण हेड क्वार्टरबाट खटिएको सशस्त्र प्रहरीको टोलीले वीरगन्जबाट मालसामन लिएर पथलैयातर्फ जाँदै गरेको दुवै ट्रक वीरगन्ज १४ गण्डकबाट नियन्त्रणमा लिएको छ। प्रहरीले एकै दिन झण्डै एक करोड ५० लाख रुपैयाँ मुल्यको तस्करीको सामानसहित दुईवटा ट्रक नियन्त्रणमा लिएको हो।
सशस्त्र प्रहरी उपरीक्षक तेजप्रसाद पोखरेलका अनुसार गोप्य सूचनाको आधारमा खटिएको सशस्त्र प्रहरीको टोलीले गण्डक चोकमा ना २ ख ९५४३ र ना ७ ख ९४२ नम्बरको दुवै ट्रक रोकेर चेकजाँच गरेको थियो । चेकजाँचका क्रममा ना २ ख ९५४३ नम्बरको ट्रकबाट भन्सार प्रज्ञापनपत्र नभएको ९भन्सार राजश्व नतिरेको० मेडिकल उपकरण, औषधी र अन्य खुद्रा सामान गरि ९४ लाख ५३ हजार ५८ रुपैया मुल्य बराबरको सामान बरामद भएको सप्रउ पोखरेलले बताए ।
यस्तै, गण्डक चोकमै ना ७ ख ९४२ नम्बरको अर्को ट्रकमा पनि भन्सार प्रज्ञापनपत्र नभएको (भन्सार राजश्व नतिरेकों) ५१ लाख ९२ हजार ६ सय १७ रुपैया मुल्यको कपडा र अन्य सामान फेला परेको पोखरेलले बताए । दुवै ट्रकबाट गरि एक करोड ४६ लाख ४५ हजार ६ सय ७५ रुपैया मुल्यको सामान बरामद भएको पोखरेलले जानकारी दिए । पोखरेलका अनुसार, भारतबाट साइकल , मोटरसाइकल र भरिया मार्फत तस्करी गरि वीरगन्जस्थित ट्रान्सपोर्टको गोदममा ल्याएर भण्डारण गरेर ट्रान्सपोर्टबाट ट्रकमा लोड गरेर विभिन्न सहरमा लैजाने क्रममा सशस्त्र प्रहरीले बरामद गरेको हो ।