तोलामा १ हजार रुपैयाँ बढ्यो सुनको मूल्य

काठमाडौं। आज नेपाली बजारमा सुन अहिलेसम्मकै महँगो प्रतितोला १ लाख १७ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

गएको शुक्रवार तोलाको १ लाख १६ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा १ हजार रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।यस्तै, चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेर १ हजार ४ सय १५ रुपैयाँ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us