२८.१८ अङ्कले घट्यो नेप्से

काठमाडौं। दशैं बिदा पछिको पहिलो दिनको कारोबारमा नेप्से २८.१८ अङ्कले घटेर १८७५.१८ विन्दुमा बन्द भएको छ । दिनभरिनै घटेर १८६७ अङ्कसम्म झरेको बजारमा अन्तिम समयमा सामान्य अङ्कले बढेको थियो । अघिल्लो कारोबारको दिन कुल ९३ करोड ४८ लाख ९४ हजार दुई सय १८ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम भने घटेर ७४ करोड २९ लाख २५ हजार तीन सय ९२ रुपैयाँमा सीमित हुन पुगेको छ ।

आज सर्वाधिक कमाउनेतर्फ अप्पर सोलु, सिवाईसी लघुवित्त, विपिडब्ल्यु लघुवित्त र घलेम्दी हाइड्रो कम्पनी रहे । उक्त कम्पनीहरुको सेयर मूल्य ५ प्रतिशत भन्दा बढीले वृद्धि भयो । आइतबार सर्वाधिक गुमाउने मध्ये एनएचपिसी हाइड्रो, इङ्ग्वा हाइड्रो, सिएचडिसी र हिमालयन एभरेस्ट इन्स्योरेन्स रहे । उक्त कम्पनीहरुको सेयरको मूल्य ५ प्रतिशत भन्दा बढीले घट्यो ।

बिहीबार ट्रेडिङ उपसूचक सर्वाधिक २।६८ प्रतिशतले घट्दा होटल एन्ड टुरिजम उपसूचक २।६१ प्रतिशतले घटेको छ । आज ननलाइफ उपसूचक सर्वाधिक १।९६ प्रतिशत र लाइफ इन्स्योरेन्स उपसूचक १।९७ प्रतिशतले घटे । आज कुनै पनि उपसूचक हरियो भने हुन सकेन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us