काठमाडौं। आइतबार छापावाल सुन प्रतितोला १ लाख १७ हजार रुपैयाँ पुगेकोमा आज ५ सयले घटेर १ लाख १६ हजार ५०० रुपैयाँ पुगेको छ। तेजाबी सुन प्रतितोला १ लाख १५ हजार ९५० रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिन तेजावी सुन १ लाख १६ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो।
आज सुनको मूल्य घटेसँगै चाँदी पनि घटेको छ। चाँदी ५ रुपैयाँले घटेर प्रतितोला १४ सय १० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन(चाँदी व्यवसायी महासंघले जनाएको छ। आइतबार चाँदी प्रतितोला १४ सय १५ रुपैयाँमा कारोबार भएको थियो।