काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार झिनो अंकले घटेर बन्द भएको छ । सो दिन बजार खुलेदेखि लगातार दोहोरो अंकले घटेको बजार अन्तिम समयमा सम्हालिँदै अघि बढेको थियो ।
सोमबार पनि बढेन नेप्से, कारोबार रकम पनि घट्यो तर, बजार बन्द हुँदा नेप्से ३.०४ अंकले घटेको छ । यससँगै समग्र नेप्से १ हजार ८ सय ७९।७० विन्दुमा बन्द भएको छ । अघिल्लो दिनको तुलनामा यो ०.१६ प्रतिशतले कम हो । दसैं बिदापछिको पहिलो कारोबार दिन सेयर कारोबार दिन आइतबार नेप्से २८ अंकले घटेको थियो ।
दसैं बिदा सुरु हुनुअघिको साता प्रायस् सबै दिन ओरालो लागेको नेप्सेले लामो बिदापछि पनि सोही प्रवृत्ति पछ्याएको हो । करिब तीन साताअघि राष्ट्र बैंकले परिमार्जन गरेको नीतिगत व्यवस्था लगानीकर्ताले नरुचाएपछि नेप्से लगातार घटिरहेको थियो । यसलाई राष्ट्र बैंकको पछिल्लो नीतिगत संशोधनलाई लगानीकर्ताले सकारात्मक रूपमा नलिएको रूपमा विश्लेषण गरिएको छ ।
सो दिन ३० हजार २ सय ३७ वटा कारोबारबाट २८ लाख २४ हजार कित्ता सेयर किनबेच भएको छ । ती किनबेचमा ६९ करोड ४२ लाख २२ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम कम हो । आइतबार सेयर बजारमा ७४ करोड २९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
सोमबार कारोबारमा आएकामध्ये १२८ वटा कम्पनीको सेयर मूल्य बढ्यो । ९७ वटा कम्पनीको घट्यो भने १४ वटाको सेयर मूल्य स्थिर छ ।