काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आज (मंगलबार) बिहान लुम्बिनी पुग्नुभएको छ । नेपालको औपचारिक भ्रमणमा रहनुभएको महासचिव गुटेरेसलाई प्रधानमन्त्री पुष्पकमल दाहाल, मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, पर्यटनमन्त्री सुदन किराती, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामालगायतले स्वागत गर्नुभएको छ ।
गुटेरेसको स्वागतका लागि प्रधानमन्त्री दाहाल केहीबेर अघि लुम्बिनी पुग्नुभएको थियो ।