काठमाडौँ । मंगलबार राष्ट्रसंघका महासचिव गुटरेसले संघीय संसदमा सम्बोधन गर्नुभएको छ। प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा महासचिव गुटरेसले सम्बोधन गर्नुभएको हो ।
गुटरेस संसद् भवन पुग्दा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना लगायतले स्वागत गर्नुभएको थियो। महासचिव गुटरेस नेपालको चार दिने औपचारिक भ्रमणका क्रममा आइतबार नेपाल आउनुभएको हो।