‘सेञ्चुरी क्यालेण्डर २०७९’ सावर्जनिक

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ‘सेञ्चुरी क्यालेण्डर २०७९’ सावर्जनिक गरेको छ । बैँकका अध्यक्ष राजेशकुमार श्रेष्ठले उक्त क्यालेण्डर सावर्जनिक गर्नुभएको हो ।

वित्तीय साक्षरता अभिवृद्धि एवं डिजिटल कारोबार प्रर्वद्धन गर्ने उद्देश्यले क्यालेडर सावर्जनिक गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । क्यालेण्डरमा निक्षेप, कर्जा, डिजिटल बैंकिङ्गका माध्यमहरु लगायत विभिन्न बैंकिङ्ग सेवाहरु समावेश गरिएको छ ।

क्यालेण्डरको माध्यमबाट वित्तीय साक्षरता र डिजिटल बैंकिङ्ग सचेतना अभिवृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा शहरी क्षेत्रमा सरल बैंकिग सेवा प्रदान गर्दै आएको सेञ्चुरी कमर्सियल बैंकले आफ्ना १२९ शाखा १० एक्सटेन्सन काउन्टर, २४ शाखारहित बैंकिङ्ग र ११३ एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us