चुनावी तालमेलबारे चैत २६ गतेसम्म निर्णय दिन तल्लो तहको संयन्त्रलाई निर्देशन

काठमाडौं । सत्ता गठबन्धनको चुनावी तयारी तथा अनुगमन समितिले चुनावी तालमेलबारे चैत २६ गतेसम्म निर्णय दिन तल्लो तहको संयन्त्रलाई निर्देशन दिएको छ ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा आज आज सिंहदरबारमा बसेको समितिको बैठकले २६ गतेसम्म तलका कमिटीबाट रिपोर्ट माग्ने निर्णय गरेको हो ।

आजको बैठकले धेरैजसो जिल्लामा तालमेल बारे छलफल भएको र कतिपय जिल्लामा भने पालिकास्तरमा भागवण्डानै भइसकेको निष्कर्ष निकालेको छ । पौडेल नेतृत्वको समितिको अर्को बैठक चैत्र २७ गते बस्नेछ ।

यसअघि चैत २२ गतेसम्म गठबन्धन दलको संयन्त्र बैठक बसेर रिपोर्ट पठाउन भनिएपनि केहिदिन समय थप गरिएको काँग्रेस महामन्त्री गगन थापाले जानकारी दिनुभयो । जिल्ला, प्रदेश र पालिकामा बनेको गठबन्धनको संयन्त्रबाट रिपोर्ट आइसकेपछि थप छलफल हुने उहाँले बताउनुभयो ।

यस्तै नेकपा एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले चुनावी तालमेलको मोडालिटीबारे छलफल भएको बताउनुभयो । अहिले विभिन्न जिल्लाहरुको स्थितिबारे बुझिरहेको र तलबाट रिपोर्ट आएपछि ठोस रुपमा छलफल अगाडि बढ्ने उहाँले बताउनुभयो ।  


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us