उर्जा बजारमा प्रतिस्पर्धी दरमा थप ३२५ मेगावट विद्युत बिक्री गर्ने अनुमति

काठमाडौं । नेपालले भारतीय विद्युत उर्जा बजारमा प्रतिस्पर्धी दरमा थप ३२५ मेगावट विद्युत बिक्री गर्ने अनुमति पाएको  छ ।  बुधवार ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै नेपालले भारतीय विद्युत उर्जा बजारमा प्रतिस्पर्धी दरमा थप ३२५ मेगावट विद्युत बिक्रीको अनुमति पाएको बताउनु भएको हो ।

निर्देशक घिसिङले निजी क्षेत्रले बिजुली नपाएको भनेर गरिएको प्रचारबाजी पूर्णतया राजनीतिक कुरामात्रै भएको बताउनुभयो । उहाँले तीन महिना भारतबाट केही विद्युत आयात गर्ने तर असारबाट भारतलाई ४ सय मेगावट विद्युत निर्यात गर्ने अवस्था रहेको बताउनु भयो । 

उहाँले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको सहमति बमोजिम नेपालले भारतीय विद्युत बजारमा थप ३२५ मेगावट विद्युत बिक्री गर्न स्वीकृति भएको जानकारी दिनुभयो । मन्त्री भुसालले नेपालमा उत्पादित विद्युत अन्य देशमा समेत विक्र गर्न सक्ने बाटो खुल्ला भएको बताउनुभयो ।  

त्यस्तै, नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योगी व्यवसायीहरुले भने जस्तो १४ घण्टा उद्योगहरुमा लोेडसेडिङ नभएको बताउनु भयो । उहाँले तत्कालिन समयमा भारतबाट विद्युत खरिद गर्न समस्या आएकाले कही कतै विद्युत कटौती भएकोबाहेक कुनै उद्योगमा लोडसेडिङ नगरिएको दाबी गर्नु भयो ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us