नेपालले पायो १३५ रनको लक्ष्य

 टी-२० विश्वकप छनोट प्रतियोगिताको सेमिफाइनल खेल नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बिच मुलपानी क्रिकेट मैदानमा भइरहेको छ । यूएईले टस जिती पहिले ब्याटिङ गर्ने निणर्य लिएको थियाे ।

टी–२० विश्वकप छनोटका लागि नेपालले युएईविरुद्ध जितका लागि १३५ रनको लक्ष्य पाएको छ ।

काठमाडौंको मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३४ रन जोड्यो ।

युएईका लागि वृत्य अरविन्दले सर्वाधिक ६४, कप्तान मोहम्मद वासिमले २६ रन बनाए ।

नेपालका कुशल मल्लले ३, सन्दीप लामिछानेले २, रोहित पौडेल र सोमपाली कामीले १–१ विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us