काठमाडौं । नेपाली सेनाले विभिन्न पदमा जागिरको अवसर खुलाएको छ । सेनाल आज एक सूचना प्रकाशन गरि रिक्त रहेका विभिन्न सैन्य पदमा ३ हजार जना र सुचिकार, सफाईकर्मी, चर्मकर्मी, लोहाकार, केशकर्तक, माली लगायतका पदमा ४१३ जना कर्माचारी पदका लागि आवेदन दिन आव्हान गरेको हो । देशका विभिन्न ब्यारेकहरूमा पदपूर्ती गर्नका लागी सेनाले ठूलो संख्यामा दर्खास्त आह्वान गरेको हो। इच्छुक र योग्यता पुगेका व्यक्तिहरूलाई पुस ७ गतेसम्म निर्धारण गरिएको छ।
सेनाको भर्ना छनोट निर्देशनालयले प्राड प्राविधिक हवाई तथा विविध सेवातर्फका अधिकृत पदहरूको लागि दरखास्त आह्वान गरेको छ । भर्ना छनोट निर्देशनालयले खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्नको लागि दरखास्त माग गरिएको सूचनामा उल्लेख गरिएको छ ।

योग्यता पुगेका नेपाली नागरिकले नेपाली सेनाको आधिकारिक वेबसाइटमा गएर अनलाइन दरखास्त दिन सक्ने सूचनामा उल्लेख गरिएको छ ।
अनलान दरखास्त फारम भरेर रु १० को टिकटसहित स्वयं उपस्थित भई आगामी वैशाख ३० गतेसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।
नेपाली सेनाले सैन्य पददेखि विभिन्न ट्रेडका फलोअर्स पदहरूका लागि दरखास्त आह्वान गरेको छ। सैन्य पदका लागि नेपाली सेनाको आधिकारी वेबसाइटबाट अनलाइन दरखास्त फाराम भरी उम्मेदवार स्वयंले सो को हार्डकपी प्रिन्टआउट गरी तोकिएको भर्ना केन्द्रमा बुझाउने वा उम्मेदवार स्वयंम भर्ना केन्द्रमा उपस्थित भई फाराम भर्ने र ट्रेडका फलोअर्स पदहरूका लागि उम्मेदवार स्वयम् भर्ना केन्द्रमा उपस्थित भई दरखास्त फाराम भर्नुपर्नेछ।



