पोखरामा जारी केपी ओली कप टी–२० क्रिकेट प्रतियोगितामा विभागीय क्लव त्रिभुवन आर्मी क्लवले फाइनलमा स्थान बनाएको छ । बिहिबार भएको पहिलो सेमिफाइनल खेलमा आर्मीले बागमती प्रदेशलाई चार विकेटले पराजि गरेको हो ।

टस जितेर पहिला ब्याटिङ गरेको बागमती प्रदेशले निर्धारित ओभरमा सात विकेट गुमाउँदै १२७ रन बनायो । बागमतीका लागि गौरव खड्काले अर्धशतक बनाए । उनले ३५ बलमा तीन चौका र चार छक्काको मद्दतले ५० रन जोडे । त्यस्तै कप्तान सन्दीप लामिछानेले १९, ऋत गौतमले १४ र इशान पाण्डेले १२ रन जोड्दा अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् ।
आर्मीका लागि शाहव आलमले चार, सोमपाल कामीले दुई र विवेक यादवले एक विकेट लिए ।
बागमतीले दिएको १२८ रनको लक्ष्य आर्मीले १५ ओभरमा ६ विकेट गुमाउँदै भेट्टायो । आर्मीका लागि भिम सार्कीले सर्वाधिक ३९ रनको योगदान गरे । त्यस्तै कुशल मल्ले २७ तथा विनोद भण्डारीले २५ रन जोडे । सोमपाल कामी १५ रनमा अविजित रहे ।
बागमतीका लागि सन्दीप लामिछानेले दुई तथा प्रतिश जिसी, इशान पाण्डे, सोनु देवकोटा र ऋत गौतमले एक एक विकेट लिए ।
आर्मीले आजै हुने दोस्रो सेमिफाइनलको विजेतासँग उपाधिका लागि खेल्ने छ । दोस्रो सेमिफाइनलमा मधेश प्रदेश र अर्को विभागीय क्लव एपीएफ खेल्दैछन् ।

बागमती प्रदेशलाई ४ विकेटले हराउँदै त्रिभुवन आर्मी क्लब पोखरामा जारी केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको हाे। पोखरा रङ्गशालाको क्रिकेट मैदानमा बिहीबार बागमतीले दिएको एक सय २८ रनको लक्ष्य आर्मीले १५ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो ।
आर्मीका लागि भीम सार्कीले ३५ बलमा ३९ रनको योगदान गर्नुभयो । अर्का ब्याट्सम्यान सोमपाल कामीले १५ र राजेश पुलामीमगर १ रनमा अविजित रहनुभयो । कुशल मल्लले ८ बलमा २७ रन, विनोद भण्डारीले २५, सन्तोष कार्कीले ७, बसिर अहमदले ५ को योगदान गर्नुभयो ।
बलिङतर्फ बागमतीका कप्तान सन्दीप लामीछानेले २, प्रतिश जिसीले १, इशान पाण्डे, रित गौतम र सोनु देवकोटाले समान १ विकेट लिनुभयो । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय २८ रन बनाएको थियो । बागमतीका लागी प्रतीक श्रेष्ठले सर्वाधिक ५० रन बनाउनुभयो ।
टिम क्याप्टेन सन्दीप लामिछानेले १९, रित गौतमले १४, इशान पाण्डेले १२, सोनु देवकोटाले ९, शुभ कंशाकारले ३ र रोशन विके १ रिनको योगदान गर्नुभयो । बलिङतर्फ आर्मीका साहब आलमले सर्वाधिक ४ विकेट लिँदा सोमपाल कामी २ र विवेक यादवले समान १ विकेट झानुभयो ।
त्रिभुवन आर्मीले अब उपाधिका लागि मधेश प्रदेश र सशस्त्र प्रहरी बल (एपिएफ) बीचका विजेतासँग शुक्रबार खेल्नेछ । मधेश र एपिएफबीच आज हुँदैछ ।
प्रतियोगिताका विजेताले पाँच लाख र उपविजेताले दुई लाख ५० हजार नगद पाउनेछन् । म्यान अफ द सिरिजले नगद ३० हजार, बेस्ट व्याटार र बलरले जनही २० हजार तथा म्यान अफ द म्याचले नगद पाँच हजार रुपियाँ पाउने छन् ।
प्रतियोगिताको समूह ‘ए’ मा बागमती प्रदेश, कर्णाली प्रदेश र मदन भण्डारी स्पोर्टस एकेडेमी ‘रातो’, समूह ‘बी’ मा एपिएफ, लुम्बिनी र गण्डकी, समूह ‘सी’ मा नेपाल पुलिस, मधेस प्रदेश र सुदूरपश्चिम छन् । समूह ‘डी’ मा त्रिभुवन आर्मी क्लब, कोशी प्रदेश र मदन भण्डारी स्पोर्टस एकेडेमी ‘नीलो’ छन् ।