काठमाडौं । नेकपा एमालेले केन्द्रीय कार्यालय च्यासलमा दशैं, तिहार, छठ लगायत पर्वहरूको अवसरमा आज चियापान कार्यक्रम गर्ने भएको छ ।
नेपालीहरूका ठूला चाडहरूको अवसरमा शुभकामना आदान(प्रदान गर्न पार्टी अध्यक्ष केपी शर्मा ओलीले चियापान कार्यक्रम आयोजना गर्न लागेका एमालेले जनाएको छ ।
यसअघि मंगलबारका लागि तय गरिएको कार्यक्रम भने राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरेसको नेपाल भ्रमणलाई ध्यान दिँदै आजका लागि सारिएको थियो ।