प्रतितोला १ हजार रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं। सुनको भाउमा लगातार तेस्रो दिन पनि गिरावट आएको छ। आज सुनको भाउ तोलामा १ हजार रुपैयाँले घटेको छ। योसँगै प्रतितोला छापावाल सुन १ लाख १५ हजार रुपैयाँ र तेजाबी सुन १ लाख १४ हजार ४५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको भाउ गत सोमबार र मंगलबार पनि तोलामा ५०० रुपैयाँका दरले घटेको थियो। हिजो प्रतितोला छापावाल सुन १ लाख १६ हजार रुपैयाँ र तेजाबी सुन १ लाख १५ हजार ४५० रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले घटेर १ हजार ३८५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा १० रुपैयाँले बढेर चाँदी १ हजार ४२० रुपैयाँमा कारोबार भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us