एकल पुरुषलाई मासिक पाँच सय रुपैयाँ भत्ता उपलब्ध गराउने

लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिकाले एकल पुरुषलाई मासिक पाँच सय रुपैयाँ भत्ता उपलब्ध गराउने भएको छ । पालिकाको ९६ औं बैठकले फागुन महिनादेखि  लागू हुने गरी सम्मान स्वरूप एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरेको हो ।

मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले पालिकाभित्र रहेका ६० वर्षदेखि ६९ वर्षसम्मका एकल पुरुषले सामाजिक सुरक्षा भत्ता बापत मासिक रूपमा पाँच सय उपलब्ध गराउने बताउनुभयो । 

उहाँले स्थायी रूपमा बसोबास गर्ने पेन्सन भएका एकल पुरुषलाई भने यो सेवा उपलब्ध नहुने बताउनुभएको छ । गुरुङका अनुसार नौ वडा रहेको यस पालिकामा ९३ जना एकल पुरुष रहेका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us