काठमाडौं। काठमाडौंको गोठाटारमा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली चलाएको छ । लागुऔषध कारोवारीलाई नियन्त्रणमा लिने क्रममा गोली चलाएको हो ।
कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीका अनुसारब्राउनसुगरसहित १ जना पक्राउ परेका छन् । लागुऔषध जोख्ने तराजुसहित हर्क लिम्बु पक्राउ परेका हुन् ।
पक्राउ परेका व्यक्तिबाट २०० ग्राम ब्राउनसुगर बरामद परेको प्रहरीले जनाएको छ । पक्राउ गर्न गएका प्रहरीलाई पेस्तोल तोकेपछि प्रहरीले गोली चलाएको थियो । खुट्टामा गोली लागेका लिम्बुलाई तिनकुनेको कान्तिपुर अस्पतालमा उपचारका लगेको प्रहरीले जनाएको छ ।