नेपाललाई १४६ रनको लक्ष्य

काठमाडौं। आईसीसी पुरुष टी-२० विश्वकप एशिया क्वालिफायर फाइनल २०२३ अन्तर्गत ओमान विरुद्धको खेलमा टस जितेर बलिङ गर्ने निर्णय गरेको नेपालले १४६ रनको लक्ष्य पाएको छ। समूह चरणको अन्तिम खेलमा ओमानले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १४५ रन बनाएको हो।

ओमानका लागि ब्याटिङमा जीशान मक्सूदले सर्वाधिक ३२ रन बनाए। मुहम्मद नसीमले २५, प्रथिक अथवालेले २४, शकील अहमदले २२ तथा आयान खानले १८ रन बनाए। अन्य ब्याटरले उल्लेखनीय रन बनाएनन्।

बलिङतर्फ नेपालका करन केसीले तीन विकेट लिए। सोमपाल कामी र सन्दीप लामिछानेले समान दुई विकेट लिए। यस्तै, अविनाश बोहोरा र गुल्शन झाले पनि समान एक विकेट लिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us