काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य पुनः उकालो लाग्दै तोलामा ७ सय रुपैंयाले बढेको छ । बुधबार तोलामा एक हजार रुपैयाँले घटेर १ लाख १५ हजार रुपैयाँमा झरेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १५ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजाबी सुनको मूल्य समेत आज तोलामा ७ सय रुपैयाँले नै बढ्दै १ लाख १५ हजार १५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।