काठमाडौं । आइसिसी एकदिवसीय विश्वकप क्रिकेटमा आयोजक भारत सेमिफाइनलमा प्रवेश गरेको छ । समुह चरणमा लगातार सातौं जित निकाल्दै भारत सेमिफाइनलमा पुग्ने पहिलो टोली बनेको हो ।
मुम्बईमा हिजो भएको खेलमा भारतले श्रीलंकालाई ३ सय २ रनको विशाल अन्तरले हरायो । रनको आधारमा विश्वकप क्रिकेटमा यो अहिलेसम्मको सबैभन्दा ठूलो जित हो ।
खेलमा भारतले दिएको ३५८ रनको लक्ष्य पछ्याएको श्रीलंका ५५ रनमै अलआउट भयो । श्रीलंकाली इनिङ ध्वस्त पार्न भारतमा हामोमद शामीले ५ विकेट लिए । जितसँगै भारत अन्तिम तीन खेल बाँकी छँदै सेमिफाइनलमा पुग्न सफल भयो ।
भारतको ७ खेलबाट १४ अंक भएको छ । समान खेलबाट १२ अंक जोडेको दक्षिण अफ्रिका दोस्रो स्थानमा छ । अष्ट्रेलिया र न्युजिल्याण्डको ८–८ अंक छ भने पाकिस्तान र अफ्गानिस्तानले ६–६ अंक जोडेका छन् ।
विश्वकप क्रिकेटमा आज अफ्गानिस्तान र नेदरल्याण्ड्स भिड्नेछन् । खेल दिउसो सवा दुई बजे लखनउमा सुरु हुनेछ ।