सवारी दुर्घटनामा दुईजनाको मृत्यु

काठमाडौं । सर्लाहीको लालबन्दीमा आज बिहान भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । रोकी राखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई युवकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक हरिवनका मुकेश कुमार गुप्ता र सुनिलकुमार गुप्ता रहेका छन् । दुबैलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us