यूएईलाई आठ विकेटले हराउँदै नेपाल आईसीसी टी–२० विश्वकपमा छनोट

काठमाडौं । आईसीसी टी–२० विश्वकपमा नेपाल छनोट भएको छ। शुक्रबार मुलपानी क्रिकेट मैदानमा भएको सेमिफाइनलमा यूएईलाई आठ विकेटले हराउँदै नेपाल आगामी वर्ष अमेरिका र वेस्टइन्डिजमा आयोजना हुने विश्वकपमा छनोट भएको हो।

टस जित्दै पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा १३४ रन बनाएको थियो। १३५ रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङमा उत्रिएको नेपालले १७। १ दशमलव ओभरमा दुई विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो।

यता ओ‌मान पनि विश्वकपमा छनोट भइसकेको छ। बहराइनलाई टियु क्रिकेट मैदानमा १० विकेटले हराउँदै छनोट खेलको फाइनल तथा विश्वकपमा छनोट भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us