किन फर्रफराउँछ आँखा ?

काठमाडौं । आँखा फरफराउनुलाई शुभ या अशुभ सँकेत मान्ने अन्ध विश्वास छ । आखा फरफराउनुलाई कुनै घटना वा खबरप्राप्तिको पूर्वसंकेतसित जोडने गरिन्छ । दाहिने आँखा फरफरायो भने शुभ, देबे्र फरफरायो भने अशुभ समाचारको सुचकको रुपमा लिने गरिन्छ । यो विलकुल गलत मान्यता हो ।

आखा फरफराउनु पुर्णतया हाम्रो जैविक कारण हो । आँखा वरपरका साना मांसपेशी तथा नशामा हुने हलचलकै कारण आँखा फरफराउँछ । प्रायः माथिल्लो ढकनी फरफराउँछ भने कहिलेकाही दुबै ढकनी फरफराउन सक्छ । यो फरफराई केही सेकेण्ड देखि केहीघण्टासम्म हुनसक्छ । कसैकसैलाई हप्तादिनसम्म पनि आँखा फरफराउने गर्छ ।

आखा फरफराउनु सामान्य हो । कसैकसैमा यति जोरदार हुन्छ कि हामी दुबै आँखा चिम्लिन बाध्य हुन्छौ । यस्तो अवस्थालाई मेडिकल भाषामा ‘ब्लोफ्यारोस्पाजम’ भनिन्छ । आँखा सँगसँगै यदि आधा अनुहार पनि चल्यो भने, त्यसलाई प्रायः ‘फेसियल नर्भ’ भन्ने नशाको समस्या मानिन्छ । यस्तो समस्यामा आँखा पूर्णरुपमा बन्द हुन्छ र यो प्रकृया लामो समयसम्मचलिरहन्छ । यसले गर्दा दृष्टिमा पनि समस्या हुन्छ ।

प्रायः आँखा फरफराउनु पीडा तथा भयमुक्त हु्न्छ र यसले दृष्टिमा केही असर गर्दैन । केही सेकेण्डमै हराउने यो समस्यालाई कुनै उपचार चाहिदैन । यद्यपी, यो समस्या कारक छ भने पिडितलाई धेरै अप्ठ्यारो पार्नसक्छ ।

आँखा फरफराउनुका कारण

ईडियोपेथिक (बिनाकारण )

तनाव

थकान

आँखाको दुखाई

धुम्रपान, मद्यपान तथा क्याफिन

सुख्खा आँखा

एलर्जी

अनिन्द्रा

पोषकतत्वको कमी / असन्तुलनता

बढि उज्यालो, परेलाको चाँया

आँखा पाक्नु

सुख्खआँखा

परेला भित्र गढ्नु

नानीमा घाउ हुनु

औषधीका सेवन

कहिलेकाही औषधिका कारण  पनि आँखा फर्फफराउने गर्छ । छारे रोग, मानसिक रोगका लागी प्रयोग गरिने  औषधीहरुले पनि आँखा सुख्खा बनाएर यस्तो रोग निम्त्याउन सक्छ ।

त्यस्तै, बेल्स् पाल्सि, मल्टिपल स्क्लेरोसिस, पार्किनसोनिज्म इत्यादी लगायतका नशा तथा शरिरिक रोग सम्बन्धि समस्याका कारण पनि आँखा फरफराउने गर्छ ।

उपचार विधि

प्रायः आँखा फर्फराएमा कुनै उपचारको जरुरत पर्दैन । यो आफैमा ठिक हुने समस्या हो । तैपनि केही कुरामा ध्यान दिएमा यो समस्या समाधान हुनसक्छ ।

१) तनाव कम गर्ने

२) निन्द्रा पुरा गर्ने

३) आँखालाई तातोले सेक्ने

४) आँखाको मसाज  गर्ने

५) कृत्रिम आँशुको प्रयोग गर्ने

६) रक्सी, चुरोट तथा क्याफिनको सेवन कम गर्ने

अलि जटिल रुपमा प्रस्तुत भएको खण्डमा वा यस्तो अवस्था सिर्जना भएमा नेत्ररोग बिषेशज्ञको परामर्श लिनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *