सिन्धुपाल्चोक । नेकपा (एकीकृत समाजवादी )को जिल्ला अध्यक्षमा बिनोद खनाल चयन भएका छन।
शनिबार सम्पन्न नेकपा (एकीकृत समाजवादी ) सिन्धुपाल्चोक जिल्ला कमिटीको बैठकले जिल्ला कमिटी पुनर्गठन गर्दै अध्यक्षमा विनाेद खनाल, उपाध्यक्षमा अनिता लामा, सचिवमा कुमारराज घतानी, उपसचिव तथा १ नं क्षेत्रीय कमिटीको संयाेजकमा नरेन्द्र खड्का, उपसचिव तथा प्रचार विभाग प्रमुखमा ईश्वरीप्रसाद अधिकारीलाई चयन गरेको जानकरी निवर्तमान अध्यक्ष नवराज पौडेलले समाजिक संजाल मार्फत दिएका छन ।
त्यसै गरि २ नं क्षेत्रीय संयाेजकमा रामलाल विक(सुदीप ), २(ख) संयाेजकमा कामी सुनार, २(क) संयाेजकमा रामप्रसाद चाैलागाई, १ (क) संयाेजकमा मेहरमान विक, १(ख) संयाेजकमा यज्ञराज न्याैपानेलाई जिम्मेवारी दिएको छ ।
बैठक नेकपा (एकीकृत समाजवादी )का पार्टी उपमहासचिव तथा वागमती प्रदेश ईञ्चार्ज गंगालाल तुलाधरकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।