काठमाडौं । प्रदर्शनअघि खासै वास्ता नगरिएको यो चलचित्रले सानदार कमाइ गरेसँगै अहिले सबैतिर चर्चा छ। १० करोड भारुमा बनेको विक्रान्न मैसी स्टारर यस चलचित्रले १०औँ दिनमा २१ करोड ६८ लाख भारुको व्यापार गरिसकेको छ। २७ अक्टोबरमा रिलिज भएको यस चलचित्रले घरेलु बक्स अफिसमा पहिलो दिन एक करोड भारु कलेक्सन गरेको थियो। त्यस्तै, दोस्रो दिन तीन करोड चार लाखसम्मको कमाइ गरेको थियो।
माउथ पब्लिसिटीले पहिले विकेन्टमा चलचित्रको कलेक्सन बढेको देखिन्छ। साथै चलचित्रले दर्शकका साथै समीक्षकबाट पनि उत्कृष्ट प्रतिक्रिया पाइरहेको छ। प्रदर्शनको दोस्रो शनिबार तीन करोड चार लाख भारु कमाएको यस चलचित्रले आइतबार तीन करोड ४६ लाखको व्यापार गरेको छ। यस्तै, विश्वभर २१ करोड ५ लाखको व्यापार गरिसकेको छ।
यस चलचित्रमा विक्रान्तका साथै पलक लालवानी, मेधा शंकर लगायतको अभिनय रहेको छ। विधु विनोद चोपडाको निर्देशनमा बनेको चलचित्र आईपीएस अफिसर बन्न संघर्षरत मनोज कुमार वरिपरि घुम्छ। जो कक्षा १२ को बोर्ड परीक्षामा फेल हुन्छन्।
तर, १२ वीं फेल भए पनि उनले कसरी यूपीएससी परीक्षाको लागि मेहनेत गर्छन् भन्ने फिल्ममा देखाइएको छ।