एजेन्सी । विश्व स्वास्थ्य संगठनद्वारा हरेक दिन जारी गर्ने कोरोना अपडेटका अनुसार दैनिक संक्रमण दर र मृत्यु दर घटबढ भइरहेको देखाएको छ ।
त्यस्तै, केही दिनदेखि विश्वभर संक्रमित र मृत्यु दरमा निरन्तर गिरावट आइरहेको छ । विश्व स्वास्थ्य संगठनको दैनिक तथ्यांक हेर्दा कोरोना संक्रमण महामारी निरन्तर ओरालो लागेको संकेत देखिएको छ । विश्व स्वास्थ्य संगठनले जारी गरेको गत २४ घण्टाको अपडेट अनुसार कोरोना भाइरस संक्रमणबाट एकैदिन ३ हजार ३९७ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वभर कोरोना संक्रमणबाट ३ हजार ३९७ को मृत्यु भएको हो।
त्यस्तै, विगत २४ घण्टामा विश्वभर ११ लाख ८६ हजार ८९२ जनामा कोरोना संक्रमण पुष्टि भएको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ। विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म ४९ करोड ५० लाख १ हजार ४५० जनामा कोरोना संक्रमण भएको छ। त्यस्तै, ४३ करोड ६ लाख ३ हजार ६७२ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्।
विश्व स्वास्थ्य संगठनले उपलब्ध गराएको पछिल्लो तत्थ्यांक अनुसार ६१ लाख ९० हजार ४५० जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ। हालसम्म विश्वभर ५८ लाखभन्दा बढी सक्रिय संक्रमित रहेका छन् भने ५४ हजार बढी गम्भीर अवस्थामा रहेका छन् । त्यस्तै, पछिल्लो २४ घण्टामा थप १० लाख ३ हजार ५५६ संक्रमित निको भएका छन् ।
नेपालमा हालसम्म कोरोना संक्रमणबाट ११ हजार ९ सय ५१ को ज्यान गएको छ । ७६५ जना सक्रिय संक्रमित रहेका छन् भने ९ लाख ७८ हजार ५५३ जनामा संक्रमण भइसकेको छ । त्यस्तै, ९ लाख ६५ हजार ८२२ जना संक्रमित निको भइसकेका छन् ।