सीपीसीका तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङ र प्रधानमन्त्री दाहालबीच भेट

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गर्नुभएकाे छ।

बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सचिव वाङ छुङछेङको टोली र प्रधानमन्त्री दाहालबीच भेटवार्ता भएको हो।  प्रधानमन्त्री सचिवालयका अनुसार भेटमा दुई देशबीचको आपसी सहकार्य र आपसी हितका बारेमा छलफल भएको छ। भेटमा प्रधानमन्त्री दाहालले भूकम्पपीडितलाई चीन सरकारले राहत सामग्री प्रदान गरेकोमा धन्यवाद समेत दिनुभएकाे थियाे ।

छलफलमा नेपालका लागि चिनियाँ राजदूत छन् सोङकाे समेत उपस्थिति रहेकाे प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ । पाँच दिने भ्रमणमा काठमाडौं आउनुभएकाे सचिव वाङले  शीर्ष नेताहरूसँग शिष्टाचार भेट गरिरहुनभएकाे छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us