विद्युतीय ट्याक्सी मात्रै चलाउन सहमति दिने नीति गलत: कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा भित्रने सबै ब्राण्डका विद्युतीय सवारी सावरी साधनलाई अनुमति दिन आवश्यक रहेको बताउनुभएको छ ।

बिहीबार काठमाडौंमा भएको राइड सेयरिङ एप ‘ई–ड्राइभ नेपाल सफ्टवेयर सार्वजनिक कार्यक्रममा बोल्दै घिसिङले यस्तो बताउनुभएको हो । उहाँले सरकारले चलिरहेको विद्युतीय ट्याक्सी मात्रै चलाउन सहमति दिने नीति लिनु गलत भएको बताउनुभयो ।

कार्यकारी निर्देशक घिसिङले नेपालमा जुनसुकै ब्राण्डका ट्याक्सी आएपनि त्यो सबैलाई सहमति दिन आवश्यक रहेको बताउनुभयो । उहाँले नेपालमा व्यवसायीहरुले जुन ट्याक्सी ल्याउँछु भने पनि सबैलाई सहमति दिन आवश्यक रहेको बताउनुभयो ।

कार्यकारी निर्देशक घिसिङले एक जनालाई मात्रै मानोपोली गर्न दियो भने त्यसको लागत र मूल्य सबै माथि रहने बताउनुभयो । उहाँले विद्युतीय सवारी साधनहरुलाई पनि सडक अनुमति पत्र खुला गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले सरकारले जुनसुकै ब्राण्डको ट्याक्सीहरुलाई पनि अनुमति दिने र पेट्रोलबाट चल्ने ट्याक्सीलाई विद्युतमा प्रतिस्थापनको लागि केही सहुलियत दिन आवश्यक रहेको बताउनुभयो ।

निर्देशक घिसिङले नेपालमा १०० वटा सवारी साधन भित्रँदा ७० वटा विद्युतीय सवारी साधन मात्रै भिक्र्न थालेको बताउनुभयो । उहाँले अहिलेसम्म १० देखि १५ हजार विद्युतीय सवारी साधन भित्रिएको बताउनुभयो । उहाँले पछिल्लो समय हरेक रुटमा विद्युतीय सार्वजनिक माइक्रो बस पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधन भन्दा विद्युतीय सवारी साधनको लागत १५ गुणा सस्तो रहेको बताउनुभयो ।

निर्देशक घिसिङले अब बुझ्नेहरु मानिसहरु कसैले पनि डिजेल पेट्रोलबाट चल्ने सवारी साधन नकिन्ने बताउनुभयो । उहाँले विद्युतीय सवारी साधन मात्रै सञ्चालन गर्न सके ६ खर्बको आयातलाई २० अर्बको विद्युत खपत गर्दा पूर्ण रुपमा आयात प्रतिस्थापन हुने बताउनुभयो । उहाँले ५ खर्बको डिजेल पेट्रोल आयातलाई बन्द गर्ने र ७ खर्बको निर्यात गर्ने हो भने नेपालको व्यापार घाटा शून्यमा झार्न सकिने बताउनुभयो । उहाँले व्यापार घाटामा नेपाल पोजेटिभतिर जाने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us