रेशम चौधरीविरुद्धको रिटमा अर्को निवेदन

काठमाडौं । रेशम चौधरीलाई बाँकी सजाय मिनाह गर्दै रिहाइको विरुद्धमा परेको रिटको सुनुवाइ अब पुस १६ गते हुने भएको छ। सर्वोच्चमा सात जना न्यायाधीश रिक्त हुँदा उक्त रिटको सुनुवाइ पुस दोस्रो सातासम्म रोकिएको हो।

सर्वोच्च प्रशासनले पुस दोस्रो साताका लागि पेसी तोकेपछि टिकापुर हत्याकाण्डमा ज्यान गुमाएका प्रहरी निरीक्षक केशब बोहोराकी पत्नी शारदा कडायतले अर्को निवेदन दर्ता गराएकी छिन्। ‘न्यायाधीश अभावमा हाम्रो मुद्दाको सुनुवाइ आगामी चैत÷वैशाखसम्म धकेलिने सम्भावना थियो,’ शारदाले नेपालखबरसँग भनिन्, ‘तर, अग्राधिकार पाएकाले पुस १६ का लागि पेसी तोकिएको छ। त्यसदिन पनि पहिलो प्राथमिकतामा सुनुवाइको माग गर्दै मैले अर्को निवेदन सर्वोच्चमा दर्ता गराएको छु।’

अग्राधिकार पाइसकेको यो रिटको सुनुवाइ शारदाको यो निवेदनसँगै पुस १६ गते पहिलो प्राथमिकतामा राखेर सर्वोच्चले गर्नुपर्ने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *