बागलुङमा करेन्ट लागेर एक जनाको मृत्यु

काठमाडौं । बागलुङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बागलुङको निसीखोला दोस्रो लघु जलविद्युत आयोजनाको लत्रिएको तारबाट करेन्ट लागेर निसीखोला गाउँपालिका–३ ढुवाखोर काउलेका ६२ वर्षीय भोजविर नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घर फर्किँदै गरेका नेपालीलाई करेन्ट लागेपछि उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । विद्युत् आयोजनाको लापरवाहीका कारण नेपालीको मृत्यु भएको स्थानीयले आरोप लगाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *