धनगढीमा गएराति भीषण आगलागी

धनगढी ।  कैलालीको धनगढीमा गएराति भीषण आगलागी भएको छ । आगलागीबाट एक मेडिकलसहित ८ वटा पसलमा क्षति पुगेको छ ।  

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार गएराति एक बजेदेखि शुरु भएको आगलागी अहिले पूर्णरुपमा निभाइएको छ, जसका लागि दुई वटा दमकल र सुरक्षाकर्मीको टोली खटिएका थिए । 

बिजुली सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । आगलागीबाट भएको क्षतिको विवरण सङ्कलन गर्ने काम भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *