उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ समापन

काठमाडौं । सूर्य देवको उपासना गरी मनाइने छठ पर्वको आज समापन गरिएको छ । नदी, तलाउका किनारमा बनाइएका छठघाटमा व्रतालुहरुले उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्वको समापन हुन्छ ।

छठ समापन र उदाउँदो सूर्यदेवको पूजाका लागि राजधानी काठमाडौंसहित तराईका विभिन्न जिल्लामा भक्तजन नदी, तलाउ र पोखरीका किनारमा रातभर जाग्राम बसेका थिए । आइतबार व्रतालुले अस्ताउँदो सूर्यलई अर्घ्य दिएका थिए ।

काठमाडौंमा गुह्येश्वरी, गहनापोखरी, कमलपोखरी, गौरीघाट लगायतका पोखरी तथा तलाउ, वाग्मती, नख्खु र विष्णुमतीलगायत नदी किनारमा भक्तजनले पूजाआजा गरेका थिए ।

यस्तै जनकपुरका ऐतिहासिक गंगा सागर, धनुष सागर, अरगजा पोखरी, दशरथ तलाउसहित दुई दर्जनभन्दा बढी पोखरीमा ब्रतालुहरुको घुइँचो लागेको थियो । यसैगरि तराईका विभिन्न स्थानका साथै पहाडी जिल्लाहरुमा समेत छठको उत्तिकै रमझम रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us