काठमाडौं । कार्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्प पीडितको उद्धार, राहत र पुनर्स्थापनाको लागि सहयोग जुट्ने क्रम जारी छ । उक्त भूकम्प गएसँगै सरकारले आव्हान गरेपछि हालसम्म १५ करोड २८ लाख रुपैयाँ जुटेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार १ मंसिरसम्म उक्त रकम संकलन भएको हो ।
भूकम्पमा जाजरकोट र रुकुम पश्चिममा ठूलो धनजनको क्षति भएको थियो । सो भूकम्पबाट प्रभावितका लागि उद्धार, राहत र पुनर्स्थापनाका लागि सहयोग रकम घोषणा गर्न होडबाजी नै चलेको थियो ।