माओवादी र नेपाल समाजवादी पार्टीबीच छिट्टै एकता हुन्छ : गंगानारायण श्रेष्ठ


काठमाडौँ ।
नेपाल समाजवादी पार्टीका सहअध्यक्ष गंगानारायण श्रेष्ठले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेसपा अध्यक्ष डा. बाबुराम भट्टराईको बिचमा अविश्वासको अन्त्य भएको बताएका छन् ।

बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री समेत रहेका श्रेष्ठले प्रचण्ड र भट्टराईको बीचमा अविश्वासको अन्त्य भएकोले छिट्टै दुई पार्टीको एकता हुने बताएका हुन् । उनले दुई नेताका बिचमा कुनैपनि प्रकारको असमझदारी नभएको बताए ।

उनले क्रान्तिकारी शक्तिहरु छिन्नभिन्न नभई एकताबद्ध भएर अगाडि बढ्नुपर्ने अहिलेको वस्तुगत आवश्यकता भएको उल्लेख गर्दै सो वस्तुगत आवश्यकताको बोध दुवै शीर्ष नेताहरुमा भएको बताए । अध्यक्षद्वय प्रचण्ड र भट्टराई एकताबद्ध भएर जाने निष्कर्षमा पुगेको भन्दै अब एकता प्रक्रियामा विलम्ब नहुने सहअध्यक्ष श्रेष्ठले बताए ।

उनले एकता प्रक्रिया कुनैपनि बहानामा पछाडि नफर्किने बताए । सहअध्यक्ष श्रेष्ठले प्रतिगामी शक्तिहरु एकताबद्ध हुँदै गइरहेको भन्दै सो कुरा अग्रगामी शक्तिहरुले चिन्ता गर्नुपर्ने विषय भएको बताए । प्रतिगामी शक्तिहरु एक हुनासाथ संघीयता, गणतन्त्र र संघीयता खारेज नहुने उनको भनाई छ । उनले नेपालबाट अब संघीयता र गणतन्त्रलाई अब कसैले हटाउन नसक्ने बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us