दुर्गा प्रसाईंलाई तीनकुनेमा प्रदर्शन नगर्न जिल्ला प्रशासनकाे चेतावनी

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको समूहले आज काठमाडौंको तीनकुनेमा प्रदर्शन गरे जिल्ला प्रशासनले कारबाही गर्ने चेतावनी दिएको छ । तीनकुनेमा प्रदर्शन गर्ने प्रसाईंकाे तयारी भएकाे समाचार बाहिरिएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रदर्शनको अनुमति नभएकाे प्रष्ट पारेको हो ।

कार्यालयसँग कुनै समन्वय नगरी शान्ति सुरक्षा तथा अमनचयन बिथोल्ने गरी कार्यक्रम सार्वजनिक गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै तीनकुनेमा कार्यक्रम गर्न अनुमति प्रदान नगरिएको काठमाडौं प्रशासनले जनाएको छ ।

प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपालले शुक्रबारदेखि तीनकुनेमा विरोधका कार्यक्रम गर्न लागेको जनाएको थियो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी रवीन्द्र प्रसाद आचार्यद्वारा बिहीवार जारी  विज्ञप्तिमा गलत मनसायका साथ कार्यक्रम गर्न लागिएको भन्दै स्थानीय प्रशासनबाट अनुमति प्रदान नगरिएको उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us