मुर्खहरुले मात्रै राजतन्त्र मान्ने अध्यक्ष ओलीको टिप्पणी

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुर्खहरुले मात्रै राजतन्त्र मान्ने टिप्पणी गर्नुभएको छ ।

राजतन्त्रलाई मरेको प्रेतको संज्ञा दिँदै अध्यक्ष ओलीले नेपाली जनताले वाक्क, दिक्क भएर फ्याँकेको शक्ति फेरि फर्कन नसक्ने दाबी गर्नुभयो । राष्ट्रिय युवा संघ, नेपालको केन्द्रिय कमिटी बैठकमा बोल्दै उहाँले कतिपय देशहरुले विभिन्न सम्झौताका कारण राजतन्त्र मानेको भएपनि नेपालमा राजनीतिक, वैचारिक, सैद्धान्तिक कुनै हिसावले पनि राजतन्त्र हुनै नसक्ने तर्क गर्नुभयो ।

अध्यक्ष ओलीले एउटा मान्छेको छोरो जन्मिदै राष्ट्र प्रमुख हुन जन्मिने कुरा चेतना नभएका मुर्खहरुले मात्रै गर्ने बताउनुभयो । उहाँले बिहीबार दुर्गा प्रसाईको नेतृत्वको काठमाडौंको बल्खुमा भएको प्रर्दशनप्रति संकेत गर्दै एउटा मरेको प्रेतको पछाडि नलिखुट्टाको हड्डी फुकेर राजतन्त्र फर्काउँछु भनेर केही मानिस लागेको बताउनुभयो । ओलीले युवा संघ, नेपालको प्रदर्शनलाई भने देशलाई संकटबाट जोगाउनका लागि भएको भन्दै धन्यवाद दिनुभयो ।

अध्यक्ष ओलीले बल्खुमा बिहीवार भएको प्रदर्शनमा ५/७ हजार मान्छे रहेको जिकिर गर्दै वर्तमान सरकार भने त्यसबाट थर्कमान भएको बताउनुभयो । कुनै जग नभएकाले वर्तमान सरकार माग, नारा के हो ? केही पनि थाहा नभएकोहरुको प्रदर्शनबाट पनि थर्कमान भएको उहाँको भनाई थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us