सेयर बजारमा वृद्धि

काठमाडौं । शेयर बजारमा उछाल आउँदा आज कारोबार रकम पनि २ अर्ब नाघेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ४७.७५ अंकले बढेको हो । २.५६ प्रतिशतले बजार माथि उक्लंदा नेप्से १९०७.९५ अंकमा पुगेको छ ।

आज ९५४ कम्पनीका ६५ लाख ३० हजार ६ सय ४३ कित्ता शेयर किनबेच हुँदा २ अर्ब १ करोड १७ लाख ६३ हजार ३ सय ५८.५२ रुपियाँ बराबरको कराोबार भएको हो ।

बजार बढेको दिन छ्याङ्दी हाइड्रो र भगवती हाइड्रोसहित १० कम्पनीका लगानीकर्ताहरुले ९ प्रतिशत बढी नाफा कमाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us