काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफूलाई नजरबन्दमा राखेको भन्दै सर्वोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट निवेदन फिर्ता लिएका छन्। शुक्रबार प्रसाईंका तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले प्रसाईंलाई रिहा गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए।
तर प्रसाईंलाई प्रशासनले नजरबन्दमुक्त गरिसकेकाले आफूहरुले निवेदन फिर्ता लिएको भण्डारीले बताए। ‘सरकारले उहाँलाई छाडिसक्यो, त्यसो भएकाले अब बन्दीसम्बन्धी रिटको प्रयोजन समाप्त भएकाले आज निवेदन दिएर फिर्ता लिइसक्यौँ’, वरिष्ठ अधिवक्ता भण्डारीले भने।
गत शुक्रबार काठमाडौँको तीनकुनेमा कार्यक्रम गर्न स्थानीय प्रशासनले प्रतिबन्ध लगाएपछि दुर्गा प्रसाईंले पत्रकार सम्मेलन गरी आफूलाई घरमै नजरबन्दमा राखेको दाबी गरेका थिए।