काठमाडाैं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य तीन सय रूपैयाँले बढेर हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साेमबार एक लाख १६ हजार चार सय रूपैयाँमा काराेबार भएकाे छापावाल सुन आज एक लाख १७ हजार सात सय रूपैयाँमा काराेबार भइरहेकाे छ ।
महासंघका अनुसार तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १७ हजार १ सय ५० रूपैयाँमा काराेबार भइरहेकाे छ।
चाँदीको मूल्य भने स्थिर रहेकाे महासंघले जनाएकाे छ। साेमबार प्रतिताेला एक हजार पाँच सय रूपैयाँमा काराेबार भएकाे चाँदी आज पनि साेही मूल्यमा काराेबार भइरहेकाे छ ।