सशस्त्र प्रहरी बल पर्साको ठूलो सफलता: श्रोत नखुलेको १० लाखसहित एक भारतीय पक्राउ

राहुल गुप्ता ।

बिरगंज । सशस्त्र प्रहरी बल पर्साले ठुलो सफलता हात पारेको छ।सशस्त्र प्रहरी बल पर्साले श्रोत नखुलेको नेपाली रुपैया दशलाख सहित एक जना भारतीय युवकलाई पक्राउ गरेको छ।

विशेष सूचनाको आधारमा मंगलवार दिउँसो १ बजेको समयमा सशस्त्र प्रहरी बल नं.१३ गण हे.क्वा.पर्सा र प्रस्तावित सीमा सुरक्षा गुल्म बीरगंज भन्सारबाट खटिएको सन्युक्त टोलीले भारतबाट नेपालतर्फ आउदै गरेको बिआर०५एआर८१०१ नम्बरको मोटरसाइकलमा सवार एक भारतिय नागरिकलाई बिरगंज म.न.पा-१६ भन्सार रोडस्थित चेकजाँच गर्ने क्रममा निजले प्रयोग गरेको हेलमेट भित्र लुकाई छिपाई ल्याउदै गरेको श्रोत नखुलेको नेपाली रुपैया १० लाख सहित पक्राउ गरिएको सशस्त्र प्रहरी बल पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी )सङ्गम श्रेष्ठले बताए।

पक्राउ परेका जिल्ला पुर्वि चम्पारण रक्सौल -७ अहिर्वाटोला बस्ने बर्ष २३ को उमेश यादव रहेको सशस्त्र प्रहरीले जनाएको छ। निजलाई आवश्यक कारबाहीको लागि बिरगंज भन्सार कार्यालयमा बुझाएको प्रस्तावित सीमा सुरक्षा गुल्म बीरगंज भन्सारको गुल्मपती सशस्त्र प्रहरी नायब उपरीक्षक ( डिएसपी )देबेन्द्र बहादुर सिंहले जनाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *