काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ । कारोबार साताको दोश्रो दिन सोमबारदेखि निरन्तर सुनको मूल्यले रेकर्ड राखेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तोलामा एक हजार ६ सय रुपैयाँले वृद्धि भएर आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख १९ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ।
यस्तै, तेजावी सुन तोलामा १ लाख १८ हजार सात सय पचास रुपयाँमा कारोबार भइरहेको छ।
आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य बुधबार तोलामा २० रुपैयाँले बढेर प्रतितोला १ हजार पाँच सय बीस रुपैयाँमा कारोबार भईरहेको छ।