चिसोका कारण रुकुम पश्चिमका दुई जना भूकम्पपीडितको मृत्यु

रुकुम पश्चिम । चिसोका कारण रुकुम पश्चिमका दुई जना भूकम्पपीडितको ज्यान गएको छ। जिल्लाको आठविसकोट नगरपालिका-१४ पिपलचौरका ६२ वर्षीय खगीजैसी र ६४ वर्षीय टिके जैसीको चिसोका कारण मृत्यु भएको हो ।

स्थानीय मनसुरी खड्काका अनुसार भूकम्पका कारण घर भत्किएपछि त्रिपालमुनी बसिरहेका सामान्य अवस्थाकी खगीको मंगलबार साँझ ५ बजेतिर ज्यान गएको र अर्का दमका रोगी टिकेको आइतबार राति साढे ९ बजेतिर मृत्यु भएको खड्काले जानकारी दिनुभयाे।

गत कार्तिक १७ गते बारेकोट गाउँपालिका–१ रामीडाँडालाई केन्द्रविन्दु बनाएर गएको ६.४ म्याग्नेच्यूड स्कलेको भूकम्पले उक्त वडाका अधिकांश घरहरु भत्किएको र बस्न नमिल्ने गरी चर्किएको र पालमुनी बस्दा वृद्धवृद्धा र बालबालिका बिरामी भई मृत्यु हुने गरेको खड्काले बताउनुभयाे। चिसोका कारण आठबिसकोटका अधिकांश मानिसहरु बिरामी परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us