रात्रि बस दुर्घटना हुँदा दुई जनाको मृत्यु

तनहुँ । जिल्लाकाे व्यास नगरपालिका–१२ घाँसी कुवा, चिसौदींमा रात्रि बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बुधवार बिहान ५ः५० बजे भएकाे बस दुर्घटनामा दुई जनाकाे मृत्यु हुनुका साथै ३४ जना घाइते भएका छन्।

धरानबाट पोखरा जाँदै गरेको ७८९५ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

मृतक दुई जनमध्ये एक जनाको पहिचान खुलेको र एकको पहिचान खुल्न बाँकी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख राजीव विष्टले बताउनुभयो । मृतकमा धनकुटाको साँघुरी गढी बस्ने  वर्ष ४५ को हस्त राई मृत्यु भएको प्रहरीकाे भनाइ छ ।

घाइतेहरूको दमौलीस्थित रत्नहरी अस्पतालमा २२ जना र दमौली अस्पतालमा १२ जनाको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएकाे छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us