काठमाडौं । सेयर बजार १८.०६ अंकले घटेको छ। घटेको बजारमा १ अर्ब ३२ करोडको कारोबार भएको छ। बजार घटेपनि कारोबारमा सुधार देखिएको छ।
पछिल्लो तीन कारोबार दिनमा बजार ५१ अंकले घटेको छ। सोमबार १९०९ विन्दुमा पुगेको बजार घटेर आज १८५८.५३ विन्दुमा झरेको हो।
आज ३२ कम्पनीको सेयरमूल्य बढेको छ भने २०१ कम्पनीको घटेको छ। त्यसैगरी, ६ कम्पनीको सेयरमूल्य स्थिर नै देखिएको छ। रुरु जलविद्युत कम्पनीको सेयरमूल्य सर्वाधिक ५.६३ प्रतिशतले बढेको छ।
सोनापुल मिनिरल एण्ड आयल कम्पनीको ८ करोडको कारोबार भएको छ। आज कारोबारमा आएका तीन कम्पनीको सेयरमूल्यमा नकरात्मक सर्किट लागेको छ।
आज विजय लघुवित्त, माउन्टेन इनर्जी र युनाइटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावर कम्पनीको सेयरमूल्य सर्वाधिक १० प्रतिशले घटेको छ।