‘स्वच्छ वातावरण, स्वस्थ नेपाली’ भन्ने नाराका साथ विश्व स्वास्थ्य दिवस मनाइँदै

काठमाडौं। आज विश्व स्वास्थ्य दिवस, ‘स्वच्छ वातावरण, स्वस्थ नेपाली’ भन्ने नाराका साथ मनाइँदैछ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेकाले स्वच्छ र हरित वातावरणको प्रवर्द्धनमा आवश्यक योगदान गर्न आह्वान समेत गरेको छ । नेपालमा वायु प्रदूषण, जलवायु परिवर्तन प्रेरित प्रकोप–बाढी, खडेरी, अत्यधिक गर्मी तथा असुरक्षित पानीको प्रयोगले विभिन्न रोगको जोखिम बढेको छ।

स्वास्थ्य मन्त्रालयले स्वच्छ पानी र सरसफाइमा पहुँच सुनिश्चित गर्न तथा आवश्यक सेवामा लगानी बढाउन आवश्यक रहेको बताएको छ । मन्त्रालयले सन् २०२१ मा ग्लास्गोमा भएको संयुक्त राष्ट्रसँग जलवायु परिवर्तन सम्मेलन ९कोप–२६०मा जलवायु परिवर्तनले मानव स्वास्थ्यमा पार्ने असरलाई सम्बोधन गर्दै जलवायु उत्थानशील र न्यून कार्बन स्वास्थ्य प्रणालीको विकास गर्ने प्रतिबद्धता जनाएको छ।

नेपालमा बर्सेनि वायु प्रदूषणबाट ३७ हजार ६८३ जनाको र सुर्तीजन्य रोगका कारण २७ हजारभन्दा धेरैको अकालमै ज्यान जाने गरेको मन्त्रालयको तथ्याङ्क छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार हरेक वर्ष विश्वभर १३ लाखभन्दा धेरै मानिसको मृत्यु नियन्त्रण गर्न सकिने वातावरणीय कारणले हुनेगर्छ।

विश्वमा १० मध्ये नौ जनाले प्रदूषित हावामा श्वास फेर्छन् र यसका कारण हरेक वर्ष ७० लाख मानिसको ज्यान जाने गरेको छ । विश्वमा दुई अर्ब मानिस सुरक्षित पिउने पानी र ३ दशमलव ६ अर्ब मानिस सुरक्षित सरसफाइको अभावमा छन् । हरेक वर्ष प्रदूषित पानी र उचित सरसफाइको अभावका कारण हुने झाडापखालाबाट आठ लाख २९ हजार मानिसको ज्यान जाने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us