काठमाडौं। नेपाली बजारमा बिहीवार सुनको मूल्य ५ सयले बढेर ९९ हजारमा कारोबार भईरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अघिल्लो दिन ३ सय रुपैयाँले घटेको सुनको मूल्य आज तोलामा ५ सय रुपैयाँले बढेको हो।
आज तेजावी सुन ९८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी, आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेर १३४५ रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो कारोबार दिन चाँदीको मूल्य प्रतितोला १ हजार ३३५ रुपैयाँमा किनबेच भएको थियो।