काठमाडौं। त्रिभुवन विश्वविद्यालयअन्तर्गत सेवा आयोगले विश्वविद्यालयका विभिन्न निकायका लागि मुख्य प्रशिक्षक, वरिष्ठ प्रशिक्षक, प्रशिक्षक र उपप्रशिक्षक पदका लागि दर्खास्त आह्वान गरेको हो । उक्त पदमा आयोगले आन्तरिक प्रतियोगिताद्वारा पदपूर्ति गर्नका लागि विज्ञापन गरेको हो।
प्रतिस्पर्धामा दर्खास्त दिन चाहने व्यक्तिहरूले आउँदो वैशाख २७ गतेसम्म नियमित शुल्कमा र दोब्बर दस्तुर तिरी जेठ ३ गते राति १२ बजेसम्म त्रिवि सेवा आयोगको वेबसाइटमा अंकित अनलाइन फाराम भर्न सकिनेछ ।