काठमाडौं। ललितपुरमा कारले ठक्कर दिँदा दुई वर्षीय बालकको मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको किष्ट अस्पताल इमाडोलमा उपचारको क्रममा मृत्यु भएको हो। कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
माहालक्ष्मी नगरपालिका ८ लुभु बिष्णुडोलस्थित सडकमा बा.१६ च ३६८७ नम्बरको कारको ठक्करबाट पैदलयात्री रामेछाप मन्थली नगरपालिका ९ घर भई ललितपुर लुभु बस्ने बिमला पुरीको छोरा २ वर्षीय आर्यन पुरीको मृत्यु भएको छ।